भारत जान लागेका रविलाई हर्कको व्यंग्य – “लिपुलेक–लिम्पियाधुरा पनि फर्काएर आउनुहोस्”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को भारत भ्रमणको तयारी भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्। भारत भ्रमणको चर्चा चलिरहेका बेला साम्पाङले लामिछानेलाई लिपुलेक–लिम्पियाधुरा मुद्दा पनि भारतसँग उठाउन सुझाव दिएका हुन्। साम्पाङले फेसबुकमा लेखेका छन्, “रबी लामिछाने जी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा […]