भारत जान लागेका रविलाई हर्कको व्यंग्य – “लिपुलेक–लिम्पियाधुरा पनि फर्काएर आउनुहोस्”

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भारत जान लागेका रविलाई हर्कको व्यंग्य – “लिपुलेक–लिम्पियाधुरा पनि फर्काएर आउनुहोस्”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को भारत भ्रमणको तयारी भइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।

भारत भ्रमणको चर्चा चलिरहेका बेला साम्पाङले लामिछानेलाई लिपुलेक–लिम्पियाधुरा मुद्दा पनि भारतसँग उठाउन सुझाव दिएका हुन्।

साम्पाङले फेसबुकमा लेखेका छन्, “रबी लामिछाने जी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भा’थ्यो !”

उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले राजनीतिक व्यंग्यका रूपमा लिएका छन्। केहीले राष्ट्रिय मुद्दामा रविको पुरानो अभिव्यक्ति सम्झाउँदै गरिएको कटाक्ष भनेका छन्।

रवि लामिछाने जुन २ मा भारत जाने तयारीमा छन्। दुई दिने भ्रमण भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टीको निमन्त्रणामा हुन लागेको बताइएको छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय भेटवार्ता हुने चर्चा छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग सम्भावित भेटको चर्चा भए पनि औपचारिक पुष्टि भइसकेको छैन।

भ्रमण टोलीमा लामिछानेकी पत्नी, निजी सचिव तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्य र दीपक बोहरा पनि सहभागी हुने बताइएको छ।