रसुवा बाढीमा उद्धार तीव्र, सेनाको हेलिकप्टर मेडिकल टोलीसहित त्रिशूलीतर्फ

रसुवाको भोटेकोशीमा आएको बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिँदै गएपछि सरकारले उद्धार, उपचार र राहतको तयारी तीव्र बनाएको छ। सम्भावित मानवीय क्षति न्यूनीकरण र घाइतेको तत्काल उपचारका लागि नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) काठमाडौंबाट त्रिशूलीतर्फ पठाइएको छ। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टोली बोकेको सेनाको एआई–१७ हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ […]