बाढी प्रभावितको राहत र पुनस्र्थापनाबारे आज मन्त्रिपरिषद् बैठक

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय लिन प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा बाढीपछिको अवस्था र सरकारका तत्कालीन प्राथमिकतासहित समसामयिक विषयमा छलफल हुने बताइएको […]

बाढी प्रभावित नुवाकोट र रसुवा पुगे राष्ट्रपति पौडेल

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति र प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। स्थलगत अवलोकनका क्रममा उनले पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेको समस्या र गुनासा सुने। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारको अवस्था, मानवीय र भौतिक क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका प्रयासबारे […]

रसुवा भोटेकोशी बाढीमा अहिलेसम्म ९०३ जनाको शव फेला, ४२२७ बेपत्ता

रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय क्षतिको विवरण भयावह बन्दै गएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहँदा अहिलेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २२७ जना सम्पर्कविहीन छन्। बेपत्ताको संख्या ठूलो रहेकाले प्रभावित […]

भोटेकोशी बाढीले बगाएको सेफ फुटाएर ९२ लाख चोरी, २९ जना पक्राउ

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको भनिएको पैसा राख्ने सेफ त्रिशूली नदी किनारमा फेला परेपछि त्यसलाई फुटाएर नगद निकालेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोला क्षेत्रमा त्रिशूली नदीको किनारमा भेटिएको सेफ स्थानीयले तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकालेको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार २०८३ […]

साँझ ६ बजेसम्मको अपडेट : भोटेकोशी बाढीमा ५५३ शव फेला

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत परिचालनका क्रममा हालसम्म ५५३ जनाको शव फेला परेको छ। ठूलो संख्यामा घाइते तथा प्रभावितको उद्धार गरिएको छ भने विपद्पछि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको अवस्था अझै चिन्ताको विषय बनेको छ। २०८३ भदौ १२ गते साँझ ५ बजेसम्मको उपलब्ध विवरणअनुसार २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये […]

नारायणीमा बाढी बढ्दै, नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव नारायणी नदीको देवघाट क्षेत्रसम्म देखिएको छ। नदीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बस्ती तथा बजारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बाढी नारायणी हुँदै देवघाटसम्म पुगेको र पानीको सतह अझै बढिरहेको छ। यससँगै नदी किनार तथा आसपासका क्षेत्र जोखिममा पर्न सक्ने […]

रसुवा बाढी अपडेट: गृहमन्त्रीको निर्देशनमा थप सुरक्षा टोली परिचालन

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा क्षेत्रमा खोज, उद्धार र राहतको कामलाई तीव्र बनाउन सरकारले थप सुरक्षा टोली तथा उद्धार सामग्री परिचालन गरेको छ। प्रभावित क्षेत्रमा तत्काल आवश्यक जनशक्ति र सामग्री पुर्‍याउँदै उद्धार कार्यलाई प्रभावकारी बनाउने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोली खटाइएको हो। गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

रसुवा बाढीमा बगेका सात जनाको शव फेला

रसुवाबाट आएको बाढीले बगाएका सात जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। बुधबार खोजी तथा उद्धारका क्रममा नुवाकोटमा तीन र धादिङमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मीका अनुसार बुधबारसम्म सात जनाको शव फेला परेको हो। बुधबार बिहान करिब ९ बजे रसुवाको […]

रसुवा बाढी पीडितका लागि औषधि र टेन्ट पठाउँदै डब्ल्युएचओ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र राहत व्यवस्थापन तीव्र बनाइएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक उपचार सामग्री उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले औषधि, स्वास्थ्य उपकरण र आपतकालीन टेन्ट पठाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग भएको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनाका लागि पुग्ने […]

रसुवा बाढीमा उद्धार तीव्र, सेनाको हेलिकप्टर मेडिकल टोलीसहित त्रिशूलीतर्फ

रसुवाको भोटेकोशीमा आएको बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिँदै गएपछि सरकारले उद्धार, उपचार र राहतको तयारी तीव्र बनाएको छ। सम्भावित मानवीय क्षति न्यूनीकरण र घाइतेको तत्काल उपचारका लागि नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) काठमाडौंबाट त्रिशूलीतर्फ पठाइएको छ। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टोली बोकेको सेनाको एआई–१७ हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ […]