झापा, कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यान चालक शिवसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।
दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र ९ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । प्रहरीका अनुसार चारै जनाको अवस्था सामान्य रहेको छ । उक्त पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।