नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। सोमबार ऐतिहासिक उच्च मूल्यमा पुगेको सुन आज सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५९ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँ कम हो।
यता चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला तीन हजार आठ सय ७० रूपैयाँ रहेको चाँदी मंगलबार बढेर तीन हजार आठ सय ८५ रूपैयाँ पुगेको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।