गण्डकी प्रदेश आज एकता सन्देशले गुन्जिने भएको छ, जहाँ हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो प्रदेशस्तरीय कार्यक्रम पोखरामा आयोजना गर्दैछ। पार्टी एकतापछि जनतासमक्ष साझा दृष्टिकोण र आगामी राजनीतिक योजनाबारे खुला संवाद गर्ने उद्देश्यले यो सभा आयोजना गरिएको बताइएको छ।
पोखरामा हुने सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाल विशेष भाषणका लागि उपस्थित हुनेछन्। उनीहरूसँगै गण्डकी प्रदेशका नेताहरूले पनि प्रदेश स्तरीय संरचना, आगामी अभियान र संगठन विस्तारमा केन्द्रित सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कात्तिक १९ गते विभिन्न वाम घटकहरू एक भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी बनाउन सहमत भएपछि नेतृत्वले देशभर सन्देश यात्रा सुरू गरेको हो। यस यात्राको पहिलो कार्यक्रम सुदूरपश्चिम प्रदेशमा धनगढीबाट सुरू भएको थियो। त्यसपछि लुम्बिनी प्रदेशमा दाङको लमहीमा दोस्रो कार्यक्रम सम्पन्न भयो।
नेकपाले एकता सुदृढीकरण अभियानअन्तर्गत विभिन्न प्रदेशमा क्रमशः निम्नानुसार कार्यक्रम गर्ने जनाएको छ–
-
भोलि: कोशी प्रदेश
-
मंसिर १६: उपत्यका विशेष प्रदेश
-
मंसिर १८: कर्णाली प्रदेश
-
मंसिर २०: मेधस प्रदेश
-
मंसिर २१: प्रवास प्रदेश
-
मंसिर २२: संघीय सम्पर्क समन्वय प्रदेश
-
मंसिर २३: बागमती प्रदेश
पार्टी स्रोतका अनुसार यी कार्यक्रमहरूबाट एकता प्रक्रियाबारे स्पष्टता, कार्यदिशा र जनस्तरसँग प्रत्यक्ष संवादलाई व्यापक बनाइनेछ।