मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ५,२०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा पुगेको छ। सोमबार सुन २ लाख ४२ हजार ७ सय रुपैयाँमा थियो। चाँदीको मूल्य पनि बढेको छ। सोमबार ३,११५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३,२०० रुपैयाँमा पुगेको छ, जसले ८५ रुपैयाँको वृद्धि देखाएको छ।
मंगलबार सुनको मूल्यमा भारी वृद्धि, तोलामा ५२ सय थपिँदा बजार दर कति भयो?