नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना आज बिहान १० बजेदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेल ले सम्पूर्ण तयारी पूरा भइसकेको र तय समयमै मतगणना सुरु हुने जानकारी दिएका छन्। निर्वाचन आयोगका अनुसार मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने र त्यसपछि अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल बीच प्रतिस्पर्धा रहेको छ। त्यसैगरी, पार्टीको शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे बीच प्रतिस्पर्धा भइरहेको छ। महाधिवेशनबाट अध्यक्ष, महासचिवसहित नयाँ केन्द्रीय नेतृत्व चयन हुने भएको छ।