काठमाडौं — नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यले नयाँ उच्च विन्दु छोएको छ। मंगलबार तोलामा तीन हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार ५५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य एकैदिन प्रतितोला एक सय ७० रुपैयाँले बढेको हो।