मनोज केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, कार्की सुरक्षा सल्लाहकार
सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च जिम्मेवारी दिने निर्णय गरेको हो। उनी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत छन्।
यससँगै वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ।
मन्त्रिपरिषद् स्रोतका अनुसार कार्कीलाई प्रहरी नेतृत्वबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा लैजाने निर्णयसँगै केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको हो।
सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व अब केसीले सम्हाल्ने भएका छन्। अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका उनी अब समग्र प्रहरी संगठनको कमान्ड सम्हाल्ने जिम्मेवारीमा पुगेका छन्।

