बालेनको भारत भ्रमण तयारीबीच भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। दुईदिने औपचारिक भ्रमणका लागि आएका मिश्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दुई देशबीच आवश्यक कूटनीतिक छलफल अघि बढाउने सिलसिलामा मिश्रीको काठमाडौं भ्रमण भएको हो।
भ्रमणका क्रममा उनले नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। स्रोतका अनुसार मिश्रीले आजैदेखि राजनीतिक तथा कूटनीतिक भेटघाट सुरु गर्नेछन्।
उनको भेटघाट तालिकामा प्रधानमन्त्री शाहसँगको भेट पनि समावेश छ। उक्त भेटलाई प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ।
नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिवको काठमाडौं आगमनलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
मिश्रीको नेपाल बसाइ छोटो रहनेछ। निर्धारित कार्यक्रमअनुसार उनी काठमाडौंमा भेटवार्ता सम्पन्न गरी भोलि नयाँदिल्ली फर्किनेछन्।

