छठअघि सिर्सिया नदी सफाइ तीव्र, प्रदूषण गर्ने उद्योगलाई कडाइ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
छठअघि सिर्सिया नदी सफाइ तीव्र, प्रदूषण गर्ने उद्योगलाई कडाइ

छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रणमा सरकारले सक्रियता बढाएको छ। प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि नदीमा औद्योगिक फोहोर मिसिन नदिन उद्योगहरूलाई कडाइ गरिएको हो।

उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न निर्देशन दिँदै संयुक्त अनुगमन गर्ने जनाएको छ।

विज्ञापन
khoj2

त्यसको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको छ। बैठकले उद्योगहरूलाई फोहोर पानी प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।

साथै, साना तथा मझौला उद्योगका लागि साझा प्रशोधन केन्द्रको सम्भाव्यता अध्ययन गर्ने, नगरपालिकाको ढल नदीमा मिसिन नदिने र दीर्घकालीन संरक्षण कोष स्थापना गर्ने विषय पनि अघि सारिएको छ।

यसअघि वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पाइएपछि सिर्सिया आसपासका १२ उद्योगलाई जनही १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको थियो।

छठमा श्रद्धालुले स्वच्छ वातावरणमा पूजा तथा अर्घ्य दिन सकून् भन्ने उद्देश्यले सुरु गरिएको अभियानलाई पर्वपछि पनि निरन्तरता दिने सरकारी लक्ष्य छ। यद्यपि, नदीको प्रदूषण नियन्त्रणमा उद्योगहरूको नियमित अनुगमन र निर्णयहरूको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती देखिएको छ।