काठमाडौंमा २४ घण्टामै १,९५७ चालक कारबाहीमा, १० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
काठमाडौंमा २४ घण्टामै १,९५७ चालक कारबाहीमा, १० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको निगरानीका क्रममा पछिल्लो २४ घण्टामा एक हजार ९५७ जनामाथि कारबाही गरिएको छ। कारबाहीबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २३ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै नियमविपरीत राइड सेयरिङ गर्ने १४४, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने १८५ तथा तीव्र गतिमा सवारी चलाउने १८१ जनालाई पनि कारबाही गरिएको छ।

कुन कसुरमा कति कारबाही?

  • मादक पदार्थ सेवन गरेर सवारी चलाउने – २३
  • नियमविपरीत राइड सेयरिङ गर्ने – १४४
  • ट्राफिक बत्ती उल्लङ्घन गर्ने – १८५
  • तीव्र गतिमा सवारी चलाउने – १८१
  • लेन अनुशासन पालना नगर्ने – ८७
  • निषेधित क्षेत्रमा हर्न बजाउने – ९१
  • सडक पेटीमा पार्किङ गर्ने – १११
  • एकतर्फी सडकमा सवारी चलाउने – ९३
  • अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने – १ हजार ४२

ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। चालकलाई ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रामा ध्यान दिन पनि आग्रह गरिएको छ।