कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका डम्बर तामाङ पक्राउ
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुम्बासीलाई सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङले सुकुम्बासीको समस्या समाधान नभए खुकुरी प्रहार गर्ने चेतावनी दिँदै सामाजिक सञ्जालमा खुकुरी देखाएको भिडियो सार्वजनिक गरेका थिए। उक्त घटनालाई सार्वजनिक शान्तिमा असर पुग्ने गतिविधिका रूपमा लिएर अनुसन्धान अघि बढाइएको हो।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त सिंहदरबारले गरिरहेको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने वा सार्वजनिक सुरक्षा प्रभावित हुने गतिविधिप्रति कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
सम्बन्धित समाचार
ताजा
सरकारलाई सुझाव: लाखौँ जरिवाना होइन, डिजिटल ट्राफिक सिस्टम
ताजा
आज असार १५: देशभर धान रोपाइँसँगै दही–चिउरा खाने पर्व मनाइँदै
नयाँ ट्राफिक विधेयक: ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवाना
कुर्सीको लडाइँले बर्बाद बनायो नेपाली फुटबलको भविष्य, अब पनि नबोले कहिले?
डोजरपछि अब होल्डिङ सेन्टर पनि खाली, सुकुम्बासी कहाँ जाने?
अबदेखि राष्ट्रिय परिचयपत्र नेपालभित्रै छापिने
ट्राफिकको कडाइ: २४ घण्टामा झण्डै २३ लाख राजस्व संकलन