ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जरिवाना नतिरेका दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकको विवरण यातायात व्यवस्था कार्यालयमा पठाएसँगै उनीहरूले विभिन्न सरकारी सेवा लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
यस व्यवस्थाअनुसार ट्राफिक जरिवाना बाँकी रहेका चालकले नयाँ सवारीसाधन दर्ता वा खरिद, सवारीसाधन नामसारी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणलगायत यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन सक्ने छैनन्। सम्बन्धित जरिवाना राज्यकोषमा पूर्ण रूपमा जम्मा गरेपछि मात्रै ती सेवा पुनः उपलब्ध हुनेछन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लामो समयदेखि जरिवाना नतिरेका चालकहरूको विवरणका आधारमा सेवा रोक्का गर्ने प्रक्रिया अघि बढाइएको हो। अब यातायात व्यवस्था कार्यालयले कुनै पनि नयाँ सेवा प्रदान गर्नुअघि सम्बन्धित चालकले ट्राफिक जरिवाना तिरेको पुष्टि अनिवार्य रूपमा गर्नेछ।
जरिवाना बाँकी रहेका सवारीचालकलाई जानकारी गराउन मोबाइल सन्देश (एसएमएस) पठाउने अभियान पनि सुरु गरिएको प्रहरीले जनाएको छ। यसबाट आफूले तिर्न बाँकी रहेको जरिवानाबारे चालकले समयमै जानकारी पाउने अपेक्षा गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार यो कदम केवल राजस्व असुलीका लागि मात्र होइन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक अनुशासनलाई सुदृढ बनाउन पनि लक्षित छ। नियम उल्लङ्घनपछि जरिवाना नतिरेर दायित्वबाट उम्किने प्रवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार सवारी सञ्चालनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको जरिवाना समयमै बुझाउन र आवश्यक सरकारी सेवा लिनुअघि आफ्नो जरिवाना विवरण एकपटक अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
अर्जेन्टिनालाई रेफ्रीले जिताएको आरोप, फिफामा इजिप्टको उजुरी
ताजा
‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए
ताजा
घाटामा रहेको आयल निगममा कर्मचारीलाई भने बोनसै बोनस
उपत्यकामा २,०७६ चालक कारबाहीमा, १९ लाख बढी राजस्व संकलन
बालेन सरकारको १०० दिन : कति बाचा पूरा भए (सूचीसहित)?
पेट्रोलपम्प बन्द गर्नेलाई अब १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति रोक्का
करिब ८ वर्षपछि फेरि पलायो निर्मला पन्तले न्याय पाउने आशा