नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने

आकस्मिक अवस्थामा आवश्यक रगत खोज्न अब विभिन्न रक्तसञ्चार केन्द्रमा छुट्टाछुट्टै सम्पर्क गर्नुपर्ने झन्झट कम हुने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै देशभर उपलब्ध रगतको विवरण एउटै प्लेटफर्मबाट हेर्न सकिने भएको हो।

नयाँ सेवामार्फत प्रयोगकर्ताले कुन रक्तसञ्चार केन्द्रमा कुन समूहको रगत कति युनिट मौज्दात छ भन्ने जानकारी वास्तविक समयमै प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार रक्तसञ्चार सेवालाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन उक्त प्रणाली नागरिक एपमा एकीकृत गरिएको हो।

यसले विशेषगरी आकस्मिक उपचारका बेला बिरामीका आफन्तलाई आवश्यक रगत उपलब्ध भएको स्थान छिटो पहिचान गर्न तथा रक्त व्यवस्थापन र केन्द्रहरूबीचको समन्वय सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।