मन्त्री यादवको निर्देशनपछि बुधबारदेखि देशभर भरि ग्यास सिलिन्डर बिक्री हुने
खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको असहजता र उपभोक्ताको बढ्दो मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ। अब बजारमा साविककै १४.२ किलो ग्यास भरिएको सिलिन्डर उपलब्ध गराइनेछ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि पूर्ण तौलको सिलिन्डर वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गरी देशभरका डिपो तथा विक्रेतामार्फत भरि सिलिन्डर बिक्री गरिने जानकारी दिएको हो।
पछिल्लो समय आपूर्तिमा समस्या देखिएपछि बजारमा आधा तौलका सिलिन्डर पठाइएको थियो। तर, उपभोक्ताले नियमित प्रयोगका लागि १४.२ किलो नै ग्यास भरिएको सिलिन्डर माग गर्दै आएका थिए। यही मागलाई ध्यानमा राखेर निगमले फेरि पूर्ण तौलको सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्थामा सुधार आएको छ। यसअघि देखिएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइ क्रमशः समाधान हुँदै गएपछि आपूर्ति प्रणाली सहज बन्न थालेको निगमको भनाइ छ।
पूर्ण तौलको ग्यास सिलिन्डरको उपभोक्ता मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको छ। उपभोक्ताले १४.२ किलो ग्यास भरिएको प्रतिसिलिन्डर यही मूल्यमा खरिद गर्न सक्नेछन्।
ग्यास आपूर्ति सहज बनाउने निर्णयसँगै बजारमा देखिएको अन्योल र उपभोक्ताको दबाब केही कम हुने अपेक्षा गरिएको छ। माग बढेको अवस्थालाई अनुचित लाभका लागि प्रयोग हुन नदिन आपूर्ति र बिक्री वितरणमाथिको निगरानी पनि प्रभावकारी बनाउनुपर्ने देखिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
अब नागरिकसँग गरिने सम्झौता उधारो होइन, हाताहाती
ताजा
नेपालकी उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
ताजा
विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्ट परिचालन गर्न चार संस्थाबीच समझदारी
ताजा
नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने
ताजा
मिटरब्याजपीडितलाई भेट्न बारा पुगे गृहमन्त्री
ताजा
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने
ताजा
गाडी तेर्स्याएर प्रश्न रोकिन्न
