जलबीरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
जलबीरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

रातभर सवारी सञ्चालन रोकिएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको केही समयमै जलबीरे क्षेत्रमा दुईवटा बस आपसमा ठोक्किएका छन्। दुर्घटनापछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा दुवैतर्फ सवारीसाधन रोकिएका छन्।

दुर्घटनामा केही यात्रु घाइते भएका छन्। यद्यपि घाइतेको संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा परेका बस हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

वर्षा र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहान ६ बजे प्रतिबन्ध हटाइएसँगै यातायात पुनः सञ्चालन भएको थियो।

सडक खुलेपछि एकैपटक ठूलो संख्यामा सवारीसाधन अघि बढ्दा लेन मिच्ने, तीव्र गतिमा चलाउने र लामो जाम सिर्जना हुने समस्या देखिँदै आएको छ। प्रशासन र सडक डिभिजन कार्यालयले चालकलाई सीमित गतिमा सवारी चलाउन तथा अनिवार्य रूपमा लेन अनुशासन पालना गर्न आग्रह गरेका छन्।

विज्ञापनविकिबिजि