हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन, मन्त्री यादवले गरिन् अवलोकन

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन, मन्त्री यादवले गरिन् अवलोकन

परीक्षण उत्पादन भइरहेको हेटौंडा कपडा उद्योगको उद्योगमन्त्री गौरी यादवले अवलोकन गर्नुभएको छ। उद्योगको पछिल्लो अवस्था र परीक्षण उत्पादनबारे जानकारी लिन उहाँ आज बिहान कारखाना पुग्नुभएको हो।

अवलोकनका क्रममा नेपाली सेनाले मन्त्री यादवलाई कारखानाको वर्तमान अवस्था तथा भइरहेको कामबारे जानकारी गराएको थियो।

विज्ञापन
khoj2

लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योगलाई पुनः सञ्चालनतर्फ लैजाने प्रक्रियामा परीक्षण उत्पादन भइरहेको बेला उद्योगमन्त्रीको स्थलगत अवलोकनलाई चासोका साथ हेरिएको छ।

मन्त्री यादवले कारखानाका विभिन्न संरचना र उत्पादनसँग सम्बन्धित अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो।