गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु
गरिमा चौधरी हत्या प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु भएको छ। घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै न्याय र निष्पक्ष अनुसन्धानको माग राख्न काठमाडौं आएका गरिमाका अभिभावकले गृहमन्त्री गुरुङसँग भेट गरेका हुन्।
गरिमाका आमा–बुवा विशेष रूपमा गृहमन्त्रीलाई भेट्न काठमाडौं पुगेका थिए। भेटपछि उनीहरूबीच हत्या प्रकरण, घटनाको अनुसन्धान र परिवारले उठाउँदै आएका विषयमा कुराकानी सुरु भएको हो।
छोरी गुमाएको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कानुनअनुसार कारबाही सुनिश्चित गर्न माग गर्दै आएको छ। यही क्रममा अभिभावक स्वयं काठमाडौं पुगेर गृह प्रशासनको नेतृत्वसँग प्रत्यक्ष संवादमा बसेका हुन्।
गृहमन्त्री सुधन गुरुङ र गरिमाका अभिभावकबीचको वार्तामा के–कस्ता विषयमा छलफल भयो, सरकारका तर्फबाट के प्रतिबद्धता व्यक्त गरियो र अनुसन्धानलाई लिएर आगामी कदम के हुनेछन् भन्ने विस्तृत जानकारी भने सार्वजनिक हुन बाँकी छ।

