चितवन र झापामा किशोरीमाथि जबर्जस्ती करणी, एक पक्राउ एक फरार

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
चितवन र झापामा किशोरीमाथि जबर्जस्ती करणी, एक पक्राउ एक फरार

चितवन र झापामा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन्। चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि करणी गरेको आरोप लागेका युवक फरार छन् भने झापाको मेचीनगरमा १८ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितवनमा पीडित परिवारले भरतपुर महानगरपालिका–७ घर भएका २८ वर्षीय सन्देश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

विज्ञापन
khoj2

जाहेरीअनुसार भट्टले साउन ३१ गते बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित ‘मिसन सफल प्रालि’ नामक रिसोर्टमा पुर्‍याएका थिए। परिवारको आरोपमा उनले पहिले नै कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ लगेका थिए।

रिसोर्टको कोठामा पुगेपछि ढोकाको चुकुल लगाएर जबर्जस्ती करणी गरेको आरोप जाहेरीमा उल्लेख छ। बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर त्यहाँबाट भाग्न सफल भएको परिवारले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। डीएसपी चन्द्र भुषण यादका अनुसार घटनासम्बन्धी निवेदन प्राप्त भइसकेको छ र अनुसन्धान जारी छ।

आरोपी भट्ट हाल फरार छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।

यसैबीच, झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय अशोककुमार राई पक्राउ परेका छन्।

प्रहरीले राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।