उदयपुरको कटारीमा टिपरबाट १९९ केजी गाँजा बरामद, चालक पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
उदयपुरको कटारीमा टिपरबाट १९९ केजी गाँजा बरामद, चालक पक्राउ

उदयपुरको कटारीमा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा टिपरभित्र बोरामा लुकाएर लैजाँदै गरेको १९९.३२ केजी गाँजा बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ स्थित मरुवा खोलामा ना.७ ख ८१७३ नम्बरको टिपर रोकेर जाँच गरेको थियो। त्यसक्रममा टिपरमा राखिएका नौ वटा बोराभित्र गाँजा फेला परेको प्रहरीले जनाएको छ।

विज्ञापन
khoj2

प्रहरीले टिपरका चालक सोम मगरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। गाँजा ओसारपसारमा उनको संलग्नता तथा घटनासँग जोडिएका अन्य पक्षबारे अनुसन्धान अघि बढाइएको छ।

बरामद गाँजा, टिपर र पक्राउ परेका चालकलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।