बालेन–मोदीबीच कुराकानी, मोदीद्वारा दुःख व्यक्त, सहयोग गर्न तयार

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बालेन–मोदीबीच कुराकानी, मोदीद्वारा दुःख व्यक्त, सहयोग गर्न तयार

नेपालमा बाढीका कारण भएको मानवीय क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै कठिन घडीमा भारत नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले उद्धार तथा राहतका काममा आवश्यक मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेकोसमेत उल्लेख गरेका छन्।

मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी भएको जानकारी दिएका हुन्। कुराकानीका क्रममा उनले बाढीबाट ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेको बताएका छन्।

विज्ञापन
khoj2

नेपालले प्राकृतिक विपत्तिको सामना गरिरहेका बेला भारतका जनताले नेपाली दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्धता जनाएको मोदीको भनाइ छ।

उनले नेपाललाई आवश्यक पर्ने सम्भव सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको पनि बताएका छन्। उद्धार र राहतका प्रयासलाई प्रभावकारी बनाउन दुवै पक्षका टोलीबीच नजिकबाट समन्वय भइरहेको उनको भनाइ छ।

बाढीका कारण जनधनको क्षति भएको अवस्थामा भारतीय प्रधानमन्त्रीबाट आएको यो सन्देशमा समवेदना मात्र नभई उद्धार र राहतमा प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।