विपद् व्यवस्थापनबारे रवि लामिछानेको सर्वदलीय बैठक सुरु
विपद् व्यवस्थापनका विषयमा राजनीतिक दलहरूबीच साझा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसिरहेको छ। विपद् व्यवस्थापनसँग जोडिएका विषयमा दलहरूबीच छलफल र समन्वय गर्ने उद्देश्यले सभापति लामिछानेले बैठक बोलाएका हुन्।
विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापन प्रभावकारी बनाउन राजनीतिक तहमा समन्वय आवश्यक रहने सन्दर्भमा बोलाइएको बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा हुने छलफल र त्यसबाट निस्कने निष्कर्षबारे थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुसी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

