दोधारा चाँदनी–भीमदत्त जोड्ने झोलुङ्गे पुल भत्कियो, आवतजावत बन्द

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
दोधारा चाँदनी–भीमदत्त जोड्ने झोलुङ्गे पुल भत्कियो, आवतजावत बन्द

दोधारा चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ बीचको आवतजावत सहज बनाउँदै आएको लामो झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि पुलबाट हिँडडुल पूर्ण रूपमा बन्द भएको छ।

मंगलबार राति पुलको पिल्लर नम्बर ३ भाँचिँदा त्यससँग जोडिएको करिब ६ मिटर भागसमेत भत्किएको हो। पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको उक्त मार्ग तत्कालका लागि अवरुद्ध भएको छ।

विज्ञापन
khoj2

करिब एक हजार ४५३ मिटर लामो पुल आठ वटा पिल्लरको सहारामा निर्माण गरिएको छ। तीमध्ये एउटा पिल्लर नै भाँचिएपछि पुलको संरचनामा गम्भीर क्षति पुगेको हो।

घटना रातिको समयमा भएकाले पुलको क्षतिग्रस्त भागबाट आवतजावत गर्न सकिने अवस्था छैन। यससँगै दोधारा चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ बीच पुल प्रयोग गरेर ओहोरदोहोर गर्ने सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।