कांग्रेस महाधिवेशनका तीन हलको नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
कांग्रेस महाधिवेशनका तीन हलको नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रका लागि तयार पारिएका तीनवटा हललाई मुलुकको भौगोलिक विविधता झल्किने गरी नाम दिइएको छ।

महाधिवेशनको बन्दसत्र सञ्चालन हुने हलहरूलाई ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’ नामकरण गरिएको हो। तीनवटै हलको सजावटमा पनि फरक–फरक रङ प्रयोग गरिएको छ।

विज्ञापन
khoj2

पार्टीको नीति, नेतृत्व र आगामी कार्यदिशासँग जोडिएका विषयमा छलफल हुने महाधिवेशनको बन्दसत्र कांग्रेसको निर्णय प्रक्रियाको महत्त्वपूर्ण चरण मानिन्छ। त्यसका लागि तयार पारिएका हलको नामकरणमा हिमालदेखि तराई-मधेशसम्मको भौगोलिक पहिचानलाई समेटिएको छ।