राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन शाह
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गरेका छन्।
सिंहदरबारमा केहीबेरअघिदेखि प्रधानमन्त्री शाह र राजदूतहरूबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ। यसअघि उनले राजदूतहरूसँग सामूहिक रूपमा छलफल गरेका थिए।
सामूहिक भेटपछि प्रधानमन्त्री शाहले आज राजदूतहरूसँग अलग–अलग संवाद अघि बढाएका हुन्। भेटवार्तामा कुन–कुन विषयमा छलफल भइरहेको छ भन्नेबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

