बाढी प्रभावितको राहत र पुनस्र्थापनाबारे आज मन्त्रिपरिषद् बैठक

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बाढी प्रभावितको राहत र पुनस्र्थापनाबारे आज मन्त्रिपरिषद् बैठक

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय लिन प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा बाढीपछिको अवस्था र सरकारका तत्कालीन प्राथमिकतासहित समसामयिक विषयमा छलफल हुने बताइएको छ।

विज्ञापन
khoj2

भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै घाइतेको उपचार, राहत वितरण र विस्थापित तथा प्रभावित नागरिकको पुनस्र्थापनाका काम भइरहेका छन्। अब यी कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सरकारी निर्णयसमेत बैठकबाट गरिने सचिवालयको भनाइ छ।

बाढीले प्रभावित क्षेत्रको जनजीवनमा गम्भीर असर पारेपछि तत्काल राहतसँगै सुरक्षित बसोबास र पुनस्र्थापनाको विषय पनि सरकारका लागि महत्वपूर्ण बनेको छ। यही परिस्थितिलाई केन्द्रमा राखेर मन्त्रिपरिषद्ले उद्धारदेखि पुनस्र्थापनासम्मका कामको समीक्षा गर्दै आवश्यक निर्णय गर्ने तयारी गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेका कामको अवस्था, थप आवश्यक स्रोतसाधन तथा सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहनेछ।