धनुषामा दश वर्षपछि ५७ परिवारले पाए जग्गाधनी पुर्जा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
धनुषामा दश वर्षपछि ५७ परिवारले पाए जग्गाधनी पुर्जा

वर्षौंदेखि आफू बसेको जमिनमा घर थियो, भोगचलन थियो, तर कानुनी स्वामित्व पुष्टि गर्ने कागज थिएन। धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारका लागि यो लामो प्रतीक्षा अब टुंगिएको छ। नापी कार्यालय धनुषाले नापजाँच भएको करिब एक दशकपछि उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

पुर्जा पाउने परिवारहरू साविक मखनाहा गाउँ विकास समितिका वडा नं. ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) क्षेत्रका हुन्। उक्त क्षेत्रको जग्गा आर्थिक वर्ष २०७२/७३ मै नापजाँच गरिएको थियो।

विज्ञापन
khoj2

नापजाँच सकिएपछि जग्गा दर्ताको प्रक्रिया अघि बढ्नुपर्ने भए पनि आवश्यक जनसहभागिता जुट्न नसक्दा काम लामो समयसम्म रोकिएको थियो। त्यसयता नापनक्सा भइसकेका जग्गाको स्वामित्व औपचारिक बनाउने प्रक्रिया पूरा हुन सकेको थिएन।

विगतमा आयोगबाट नापनक्सा भइसकेका ती जग्गाको बाँकी प्रक्रिया पूरा गरी नापी कार्यालय धनुषाले अहिले ५७ थान जग्गाधनी पुर्जा वितरण गरेको छ।

योसँगै वर्षौंदेखि स्ववासीका रूपमा बसोबास र जग्गा भोगचलन गर्दै आएका परिवारले पहिलोपटक आफ्नो जमिनमाथिको कानुनी स्वामित्व प्रमाणित गर्ने औपचारिक कागजात पाएका छन्।

लामो समयदेखि अड्किएको दर्ता प्रक्रिया टुंगिएर पुर्जा हात परेपछि सम्बन्धित परिवारका लागि जग्गाको स्वामित्व अब व्यवहारमा मात्रै सीमित रहेन। झन्डै दश वर्षअघि गरिएको नापजाँचले अन्ततः कानुनी मान्यता पाएको छ।