बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु
ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर पाँच वर्षीय बालकको मृत्यु भएको छ।
आइतबार साँझ आँगनमा खेलिरहेका बेला अचानक पर्खाल भत्किएपछि बडिगाड गाउँपालिका–५ का आशिष भण्डारी पुरिएका थिए। उनी केही समयदेखि सलामकोटस्थित मावलीघरमा बस्दै आएका थिए।
घटनालगत्तै आफन्तले बालकको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याएका थिए। तर अस्पतालमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार घर अप्ठ्यारो भूभागमा रहेको र कच्ची स्थानमा बनाइएको पिँढीको मुख्य पर्खाल भत्किँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुसी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
सम्बन्धित समाचार
ब्रेकिङ
ल्हेन्देमा बाढी, रसुवागढीको उत्पादन बन्द
ताजा
गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण
ताजा
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?
ताजा
सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री
गणेश नेपालीको निधन
गणेश नेपालीको पीडादायी वास्तविकता
गणेश नेपाली घटनाबारे कुलमानले के भने?