उद्योगमन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्रीसमक्ष बुझाइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।
मन्त्री यादवको राजीनामासँगै सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा परिवर्तन हुने भएको छ।
सरकारको आर्थिक तथा औद्योगिक नीतिसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्वबाट यादव बाहिरिएपछि अब नयाँ मन्त्रीको चयन तथा मन्त्रालयको जिम्मेवारी व्यवस्थापनतर्फ चासो केन्द्रित हुने देखिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

