प्रधानमन्त्री बालेनलाई हर्कको सन्देश– १० गते प्रश्नको वर्षा हुने संकेत
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अर्थपूर्ण टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन १० गते सदनमा बोल्न आउने चर्चा रहेको उल्लेख गर्दै साम्पाङले यसपटक उनीमाथि धेरै प्रश्न आउने संकेत गरेका हुन्।
साम्पाङले फेसबुकमा लेखेका छन्, “बालेन जी यो १० गते सदनमा बोल्न आउने कुरा छ ! यस पालि प्रश्न निक्कै आउनेछ !”
छोटो भए पनि साम्पाङको यो अभिव्यक्तिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चासो बढाएको छ। सांसद स्वयंले प्रधानमन्त्रीको सदन उपस्थितिलाई लिएर ‘प्रश्न निकै आउने’ उल्लेख गरेपछि उनले कुन विषयतर्फ संकेत गरेका हुन् भन्ने चासोसमेत बढेको छ।
तर साम्पाङले आफ्नो पोस्टमा ती प्रश्न कुन विषयसँग सम्बन्धित हुनेछन् भन्ने खुलाएका छैनन्। प्रधानमन्त्री बालेनको सदनमा हुने भनिएको उपस्थितिका क्रममा आफूले उठाउन खोजेका विषयबारे पनि उनले थप विवरण दिएका छैनन्।
सार्वजनिक तथा राजनीतिक विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै आएका साम्पाङले यसपटक प्रधानमन्त्री बालेनलाई नामै लिएर गरेको टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अब १० गते प्रधानमन्त्री बालेन सदनमा उपस्थित हुँदा उनीसँग के–कस्ता विषयमा प्रश्न गरिन्छन् र साम्पाङ स्वयंले कुन मुद्दा उठाउँछन् भन्नेमा चासो रहनेछ।

