सिर्सिया खोला प्रदूषणः उद्योग मन्त्रालयमा आज छलफल

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सिर्सिया खोला प्रदूषणः उद्योग मन्त्रालयमा आज छलफल

उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पदार्थ सिर्सिया खोलामा मिसाइएको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्बन्धित उद्योग सञ्चालकसँग छलफल गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको उपस्थितिमा आज दिउँसो १ बजे मन्त्रालयको सभा हलमा छलफल हुन लागेको हो।

विज्ञापन
khoj2

सिर्सिया खोला आसपासका उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पदार्थ खोलामा मिसिँदा खोला दूषित बनेको विषयलाई केन्द्रमा राखेर छलफल गर्न लागिएको जनाइएको छ। छलफलमा सिर्सिया खोलासँगै रहेका सम्बन्धित उद्योगका सञ्चालकहरूको सहभागिता रहनेछ।

औद्योगिक गतिविधिबाट सिर्जित फोहोर तथा प्रदूषित पदार्थको व्यवस्थापन र त्यसबाट खोलामा परेको प्रभावबारे उद्योग सञ्चालकसँग प्रत्यक्ष छलफल गर्न लागिएको हो।