भक्तपुरमा बिहानै कवाडी कारखानामा आगलागी

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
भक्तपुरमा बिहानै कवाडी कारखानामा आगलागी

सूर्यविनायक नगरपालिका–८, जगातीबाट डोलेश्वर जाने सडकमा रहेको एक कवाडी कारखानामा सोमबार बिहान आगलागी भएको छ। आगो नियन्त्रणमा आइसके पनि घटनाबाट कारखानासँगै नजिकै रहेको व्यक्तिको घरमा समेत क्षति पुगेको छ।

जगातीस्थित बिके सप्लायर्समा बिहान करिब ६ बजे आगलागी सुरु भएको सञ्चालक दिनेश भट्टले बताएका छन्। उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ।

विज्ञापन
khoj2

कवाडीका सामान राखिएको स्थानमा फैलिएको आगोले आसपासको संरचनासमेत प्रभावित बनाएको हो। घटनामा नजिकैको घरमा क्षति पुगेको छ। यद्यपि क्षतिको पूर्ण विवरण खुलिसकेको छैन।

आगलागी नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र परिचालन गरिएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षेत्रमा फैलिने जोखिम रोकिएको छ।

घटनाबाट भएको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी छ।