ग्यास अभावको विरोधमा सडकमै दाउरा बालेर पकाइयो खाना

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
ग्यास अभावको विरोधमा सडकमै दाउरा बालेर पकाइयो खाना

खाना पकाउने ग्यास नपाएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा फरक शैलीमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। ग्यास अभावले सर्वसाधारणको दैनिकी प्रभावित भएको सन्देश दिन संगठनका नेता–कार्यकर्ताले सडकमै चुलो बनाएर खाना पकाएका हुन्।

काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा आयोजित विरोध कार्यक्रममा प्रदर्शनकारीले इँटा जोडेर अस्थायी चुलो बनाए। त्यसमा दाउरा बालेर खाना पकाइएको थियो। खाना तयार भएपछि उनीहरू सडकमै बसेर सामूहिक रूपमा खाँदै विरोधमा सहभागी भए।

विज्ञापन
khoj2

अनेरास्ववियु क्रान्तिकारीले खाना पकाउने ग्यास सहज रूपमा नपाइएको अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराउन यस्तो कार्यक्रम गरेको हो। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको अभाव हुँदा नागरिकले भोग्नुपर्ने कठिनाइलाई प्रतीकात्मक रूपमा देखाउन सडकमा दाउरा बालेर खाना पकाइएको प्रदर्शनकारीको सन्देश थियो।

ग्यासको उपलब्धतालाई लिएर देखिएको समस्याबीच विद्यार्थी संगठनले गरेको यो प्रदर्शनले आपूर्ति सहज बनाउन सरकारमाथि दबाब बढाउने प्रयास गरेको छ।