विज्ञापन
khoj head
Khoj Samachar Nepali
Khoj Samachar Nepali
भाषा
English नेपाली हिन्दी
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • मुख्य समाचार
  • गृहपृष्ठ
  • खोज समाचार विशेष
  • स्वास्थ्य
  • खेलकुद
English नेपाली हिन्दी
होम › मुख्य समाचार

संसददेखि सगरमाथासम्म : मिङ्मा डेभिड शेर्पाको ऐतिहासिक आरोहण

Nepali News Desk
Nepali News Desk
जेष्ठ १४, २०८३ • अपडेट: जेष्ठ १४, २०८३
Read this article also in : English
X (Twitter)WhatsApp✉Email
संसददेखि सगरमाथासम्म : मिङ्मा डेभिड शेर्पाको ऐतिहासिक आरोहण

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले संघीय संसदको लोगो बोकेर सगरमाथाको सफल आरोहण गरेका छन्। बुधबार बिहान ५ः४० बजे उनले विश्वको सर्वोच्च शिखर सगरमाथा टेक्न सफल भएका हुन्।

शेर्पाले ‘फ्रम हाउस टु द पिक’ भन्ने नारासहित यो अभियान पूरा गरेका हुन्। संसददेखि विश्वकै अग्लो शिखरसम्मको यात्रालाई उनले प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्।

विज्ञापन
khoj2

सगरमाथा आरोहण पूरा गरेर आधार शिविर फर्किएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सफलताको जानकारी दिएका थिए। नौ दिनको अभियानपछि आफूले सफलतापूर्वक शिखर चुमेको उनले उल्लेख गरेका छन्।

नेपालको संसदको लोगो बोकेर सगरमाथा पुग्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रिय पहिचानसँग जोडिएको सन्देश पनि भएको धेरैले टिप्पणी गरेका छन्। शेर्पा लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।

आरोहण सफल भएपछि उनले सभामुख डोलप्रसाद अर्यालसहित अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिका बीच सफल आरोहण पूरा भएको उनले बताएका छन्।

सगरमाथा आरोहणको यो समाचार सामाजिक सञ्जालमा पनि निकै चर्चामा आएको छ। धेरैले सांसद शेर्पालाई बधाई दिँदै नेपालको पहिचान विश्वसामु थप उचो बनाएको प्रतिक्रिया जनाइरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित

सम्बन्धित समाचार

कटारीमा टिपर सञ्चालन रोकिएपछि व्यवसायीको प्रदर्शन, चुनढुंगा ढुवानी विवाद चर्कियो

कटारीमा टिपर सञ्चालन रोकिएपछि व्यवसायीको प्रदर्शन, चुनढुंगा ढुवानी विवाद चर्कियो

अशोज २२, २०८३
कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

अशोज २१, २०८३
सरकारले ल्यायो जलन उपचारको नयाँ मापदण्ड, देशभर चार तहमा सेवा

सरकारले ल्यायो जलन उपचारको नयाँ मापदण्ड, देशभर चार तहमा सेवा

अशोज २१, २०८३
नेपाली सेनाले ३२ जिल्लाका ब्यारेकमा डीडीसीकै दूध किन्ने

नेपाली सेनाले ३२ जिल्लाका ब्यारेकमा डीडीसीकै दूध किन्ने

अशोज २१, २०८३
रावल आयोगको प्रतिवेदनअनुसार ११२ रोपनी जग्गा सरकारको नाममा

रावल आयोगको प्रतिवेदनअनुसार ११२ रोपनी जग्गा सरकारको नाममा

अशोज २०, २०८३

Khoj Samachar Nepali

नेपाल, दक्षिण एशिया र विश्वका राजनीति, ब्रेकिङ न्यूज, खेलकुद, स्वास्थ्य र विशेष खोजमूलक रिपोर्ट।

Bethel Media House Pvt. Ltd.
पेप्सीकोला–३२, काठमाडौं, नेपाल
प्रेस काउन्सिल नेपाल दर्ता नं: 2707/078–079 सम्पर्क: contact@khojsamachar.com इमेल: info.khojsamachar@gmail.com विज्ञापन: ads@khojsamachar.com

समाचार

  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • मुख्य समाचार
  • खोज समाचार विशेष
  • स्वास्थ्य
  • खेलकुद

हाम्रो बारेमा

  • परिचय
  • सम्पादकीय टोली
  • सम्पर्क
  • सम्पादकीय नीति
  • गोपनीयता नीति
  • नियम तथा सर्तहरू

हामीसँग जोडिनुहोस्

ताजा समाचार र महत्वपूर्ण अपडेटका लागि खोज समाचार एप डाउनलोड गर्नुहोस्।

डाउनलोड गर्नुहोस् Google Play डाउनलोड गर्नुहोस् App Store
नेपाली पात्रो मिति, चाडपर्व र बिदा बजार मूल्य आजको तरकारी तथा फलफूल जनमत आजको मतदानमा सहभागी हुनुहोस् भिसा जाँच भिसा तथा दूतावास जानकारी

© 2026 Bethel Media House Pvt. Ltd. सर्वाधिकार सुरक्षित।

माथि जानुहोस् ↑
विज्ञापन
wikibg fotter