Khoj Samachar Nepali
English हिन्दी
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • मुख्य समाचार
  • गृहपृष्ठ
  • खोज समाचार विशेष
  • स्वास्थ्य
  • खेलकुद
  • जनमत
होम › मुख्य समाचार

संसददेखि सगरमाथासम्म : मिङ्मा डेभिड शेर्पाको ऐतिहासिक आरोहण

Nepali News Desk
Nepali News Desk
जेष्ठ १४, २०८३ • अपडेट: जेष्ठ १४, २०८३
Read this article also in : English
X (Twitter) WhatsApp in LinkedIn ✉ Email
संसददेखि सगरमाथासम्म : मिङ्मा डेभिड शेर्पाको ऐतिहासिक आरोहण

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले संघीय संसदको लोगो बोकेर सगरमाथाको सफल आरोहण गरेका छन्। बुधबार बिहान ५ः४० बजे उनले विश्वको सर्वोच्च शिखर सगरमाथा टेक्न सफल भएका हुन्।

शेर्पाले ‘फ्रम हाउस टु द पिक’ भन्ने नारासहित यो अभियान पूरा गरेका हुन्। संसददेखि विश्वकै अग्लो शिखरसम्मको यात्रालाई उनले प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्।

सगरमाथा आरोहण पूरा गरेर आधार शिविर फर्किएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सफलताको जानकारी दिएका थिए। नौ दिनको अभियानपछि आफूले सफलतापूर्वक शिखर चुमेको उनले उल्लेख गरेका छन्।

नेपालको संसदको लोगो बोकेर सगरमाथा पुग्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रिय पहिचानसँग जोडिएको सन्देश पनि भएको धेरैले टिप्पणी गरेका छन्। शेर्पा लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।

आरोहण सफल भएपछि उनले सभामुख डोलप्रसाद अर्यालसहित अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिका बीच सफल आरोहण पूरा भएको उनले बताएका छन्।

सगरमाथा आरोहणको यो समाचार सामाजिक सञ्जालमा पनि निकै चर्चामा आएको छ। धेरैले सांसद शेर्पालाई बधाई दिँदै नेपालको पहिचान विश्वसामु थप उचो बनाएको प्रतिक्रिया जनाइरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित

सम्बन्धित समाचार

गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण ताजा

गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण

10 hours अघि
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय? ताजा

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?

10 hours अघि
सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री ताजा

सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री

11 hours अघि
गणेश नेपालीको निधन

गणेश नेपालीको निधन

असार २६, २०८३
गणेश नेपालीको पीडादायी वास्तविकता

गणेश नेपालीको पीडादायी वास्तविकता

असार २६, २०८३
गणेश नेपाली घटनाबारे कुलमानले के भने?

गणेश नेपाली घटनाबारे कुलमानले के भने?

असार २६, २०८३
ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का

ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का

असार २५, २०८३
‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

असार २५, २०८३

Khoj Samachar Nepali

नेपाल, दक्षिण एशिया र विश्वका राजनीति, ब्रेकिङ न्यूज, खेलकुद र विशेष रिपोर्ट।

Bethel Media House Pvt. Ltd.
पेप्सीकोला – ३२, काठमाडौं, नेपाल
प्रेस काउन्सिल नेपाल दर्ता नं: 2707/078–079
फोन: +977 9851320749 , +977 9860329709
इमेल: contact@khojsamachar.com

श्रेणीहरू

  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • मुख्य समाचार
  • खोज समाचार विशेष
  • स्वास्थ्य
  • खेलकुद

कम्पनी

  • हाम्रो बारेमा
  • सम्पादकीय टोली
  • सम्पर्क

नीतिहरू

  • सम्पादकीय नीति
  • गोपनीयता नीति
  • नियम तथा सर्तहरू
X X X Google Play Google Play Play App Store App Store App Facebook Facebook FB YouTube YouTube YT
© 2026 Bethel Media House Pvt. Ltd. सर्वाधिकार सुरक्षित।
माथि जानुहोस् ↑