नारायणीमा बाढी बढ्दै, नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नारायणीमा बाढी बढ्दै, नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव नारायणी नदीको देवघाट क्षेत्रसम्म देखिएको छ। नदीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बस्ती तथा बजारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार बाढी नारायणी हुँदै देवघाटसम्म पुगेको र पानीको सतह अझै बढिरहेको छ। यससँगै नदी किनार तथा आसपासका क्षेत्र जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन अनुरोध गरिएको हो।

विज्ञापन
khoj2

नदीको बहाव बढिरहेका बेला किनार क्षेत्रमा अनावश्यक रूपमा नजान, जोखिमयुक्त स्थानबाट टाढा रहन र सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

विशेषगरी नारायणी नदी छेउका बस्ती र बजार क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कतामा रहँदै सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।