रौतहटको फतुवा विजयपुरमा घरमा आगलागी, १८ लाखको क्षति

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
रौतहटको फतुवा विजयपुरमा घरमा आगलागी, १८ लाखको क्षति

फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा सोमबार बिहान विद्युत् सर्ट भएर एक घरमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय दीपेन्द्रभक्त खरेलको काठले बनेको दुईतले घरमा बिहान करिब सवा ७ बजे आगो लागेको हो। आगलागी फैलिएपछि स्थानीय बासिन्दासँगै सशस्त्र प्रहरी र नेपाल प्रहरी आगो नियन्त्रणमा जुटेका थिए। दमकलसमेत परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ।

विज्ञापन
khoj2

घटनामा घरभित्र रहेका विभिन्न घरायसी सरसामान जलेर नष्ट भएका छन्। नेपाल प्रहरीले गरेको प्रारम्भिक आकलनअनुसार आगलागीबाट करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीको कारण विद्युत् सर्ट भएको बताइएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।