अब नागरिकसँग गरिने सम्झौता उधारो होइन, हाताहाती
नागरिकसँग गरिने सम्झौता अब उधारो होइन, हाताहाती हुन्छ भन्ने एउटा गतिलो उदाहरण आज गृहमन्त्रीले देखाइदिएका छन्। मिटरब्याजपीडित र सरकारबीच वार्ता सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ, तर अझै सहमति हुन सकेको छैन।
वार्ताका क्रममा मिटरब्याजपीडितहरूले यस विषयमा छानबिन गर्न गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका थिए। पीडितहरूको मागपछि गृहमन्त्री सुदन गुरुङले तत्कालै तीनवटै प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिए।
सामान्यतया यस्ता आन्दोलन रोक्न सरकारका तर्फबाट ‘यो पनि गर्छौं, त्यो पनि गर्छौं’ भन्दै पीडितहरूलाई आश्वासन दिने तर पछि कार्यान्वयन नगर्ने प्रवृत्ति हाम्रो देशमा पुरानै हो।
यसपटक पनि त्यही हुने होला भनेर धेरैले सोचेका थिए। तर गृहमन्त्री गुरुङले तीनवटै प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको केही समयमै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्यो। उक्त बैठकले पाँचवटा निर्णय गर्यो।
तीमध्ये एउटा निर्णय थियो—मिटरब्याजसम्बन्धी हालसम्म गठन भएका तीनवटै छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गर्ने।
वार्तास्थलमै पूरा भयो पीडितहरूको एउटा माग
यसको अर्थ बुझ्नुभयो?
उता बाराको निजगढमा मिटरब्याजपीडितहरूसँग वार्ता चलिरहेकै बेला उनीहरूले राखेको एउटा महत्त्वपूर्ण माग तत्काल पूरा भएको छ। नेपालको इतिहासमा सम्भवतः यस्तो घटना यसअघि विरलै भएको थियो। त्यसैले हालको सरकारमा नागरिकलाई ‘राज्य छ’ भन्ने अनुभूति गराउने एक पात्र बनेका छन् गृहमन्त्री सुदन गुरुङ।
तीनवटै आयोगका प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसके पनि मिटरब्याजपीडित र सरकारबीच अझै सहमति भइसकेको छैन।
खोज समाचारलाई प्राप्त जानकारीअनुसार दोस्रो चरणको वार्ता सकिएको छ र अब तेस्रो चरणको वार्ता सुरु हुने तयारीमा छ। यसपटक पीडितहरूले सरकारसँग ठूलो आशा राखेका छन्। वर्षौंदेखि पटक–पटक आयोग गठन हुँदा पनि समाधान हुन नसकेको मिटरब्याजको समस्या यस सरकारले समाधान गर्नेछ भन्ने उनीहरूको अपेक्षा छ।
अब सरकारले के गर्छ, त्यो भने हेर्न बाँकी छ।
गृहमन्त्रीको नाम दुरुपयोग गर्नेलाई चेतावनी
गृहमन्त्री गुरुङले आज पीडितहरूसामु बोल्दै अर्को महत्त्वपूर्ण विषय पनि उठाएका छन्।
पछिल्लो समय आफूलाई ‘जेन–जी’ बताउने, प्रधानमन्त्रीको नजिक रहेको दाबी गर्ने वा गृहमन्त्रीसँग फोटो खिचेको आधारमा नाजायज फाइदा उठाउनेहरूबारे गुनासो बढेको भन्दै उनले त्यस्तो नगर्न चेतावनी दिएका छन्।
कसैले आफ्नो राजनीतिक पहुँच वा गृहमन्त्रीसँगको तस्बिर देखाएर धम्की दिने, दबाब सिर्जना गर्ने वा गलत काम गर्न खोजे प्रमाणसहित प्रहरीमा उजुरी गर्न उनले आग्रह गरेका छन्।
गुरुङले भनेका छन्,
“अबदेखि कसैले ‘म गृह मन्त्रालयको नजिकको मान्छे हुँ’ वा ‘मैले गृहमन्त्रीसँग फोटो खिचेको छु’ भन्दै तपाईंहरूलाई धम्की दिन्छ अथवा कुनै गलत काम गर्न खोज्छ भने प्रहरीको १०० नम्बरमा फोन गर्नुहोस्।”
उनले प्रहरीलाई समेत यसबारे स्पष्ट निर्देशन दिने बताएका छन्।
“कसैले यस्तो गरेको प्रमाणसहित उजुरी आएमा ऊ देशको जुनसुकै कुनामा भए पनि तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइनेछ,”
गृहमन्त्री गुरुङले भनेका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
मन्त्री यादवको निर्देशनपछि बुधबारदेखि देशभर भरि ग्यास सिलिन्डर बिक्री हुने
ताजा
नेपालकी उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
ताजा
विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्ट परिचालन गर्न चार संस्थाबीच समझदारी
ताजा
नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने
ताजा
मिटरब्याजपीडितलाई भेट्न बारा पुगे गृहमन्त्री
ताजा
जनताका लागि राज्य भएको आभास दिलाउँदै गृहमन्त्री सुदन गुरुङ
ताजा
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने
ताजा
