गरिमा प्रकरण: बयान भिडियो खिच्ने हवल्दार पक्राउ

बारामा बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको अनुसन्धान भइरहेका बेला आरोपित किशोरको प्रहरी बयानको भिडियो सामाजिक सञ्जालमा पुगेपछि अनुसन्धान प्रक्रियाकै गोपनीयता र प्रहरीको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ। बयान कक्षभित्रै रेकर्ड गरिएको उक्त भिडियो बाहिरिएको घटनामा संलग्न भएको आरोपमा एक प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ। प्रहरीका अनुसार आरोपित किशोरको बयान चलिरहेका बेला भिडियो […]

गरिमा हत्या प्रकरणमा आरोपी नाबालकको भिडियो लिक, छानबिन सुरु

गरिमा चौधरी हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका एक नाबालकसँग अस्पतालभित्र गरिएको परामर्शको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानसँगै संवेदनशील विवरणको गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ। कलैया अस्पतालको लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा खिचिएको भनिएको उक्त भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा फैलिएको हो। भिडियो कसले र कसरी बाहिर ल्यायो भन्नेबारे प्रहरी र […]

गरिमाको परिवार र सरकारबीच ३ बुँदे सहमति, के–के छन्?

तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधपछि न्यायको माग गर्दै उठेको आवाजबीच नेपाल सरकार र पीडित परिवारले तीनबुँदे सहमति गरेका छन्। सहमतिले एकातिर घटनाको न्यायिक प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ भने अर्कोतिर यस्ता गम्भीर अपराधमा विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्ने बाटोसमेत खोलेको छ। शनिबार साँझ गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र गरिमाका अभिभावकबीच सहमति […]

गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु

गरिमा चौधरी हत्या प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु भएको छ। घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै न्याय र निष्पक्ष अनुसन्धानको माग राख्न काठमाडौं आएका गरिमाका अभिभावकले गृहमन्त्री गुरुङसँग भेट गरेका हुन्। गरिमाका आमा–बुवा विशेष रूपमा गृहमन्त्रीलाई भेट्न काठमाडौं पुगेका थिए। भेटपछि उनीहरूबीच हत्या प्रकरण, घटनाको अनुसन्धान र परिवारले उठाउँदै आएका विषयमा कुराकानी […]

गरिमाका आमाबुवा काठमाडौं, गृहमन्त्रीसँग वार्ता हुने

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको न्यायको माग चर्किरहेका बेला उनका आमाबुवालाई सरकारसँग वार्ताका लागि काठमाडौं लगिएको छ। स्थानीयस्तरमा जारी आन्दोलनकै बीच शनिबार अपराह्न गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी काठमाडौं प्रस्थान गरेका हुन्। उनीहरू गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्ने तयारीमा रहेको जानकारी दिइएको छ। चौधरी दम्पतीसँगै स्थानीय अभियन्तासहित सात सदस्यीय […]

गृहमन्त्री भन्छन्– नेपालमा फाँसी दिने कानुन नै छैन

तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधपछि न्यायको माग सडकदेखि सामाजिक सञ्जालसम्म चर्किएको छ। बाराकी बालिका गरिमाका लागि न्याय र यस्ता अपराधमा कठोरतम सजायको व्यवस्था गर्न माग गर्दै शनिबार काठमाडौंको शान्तिबाटिका र आसपास र्‍यालीसहित प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरूले दोषीलाई फाँसीसम्मको सजाय हुने कानुन बनाउनुपर्ने माग उठाएका छन्। यही बेला गृहमन्त्री सुदन गुरुङले भने जनआक्रोशलाई […]