नयाँ बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नयाँ बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

काठमाडौंको नयाँ बानेश्वरमा सडक सुरक्षासम्बन्धी सचेतना अभियानमा खटिएकी महिला प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मंगलबार बिहान पुरानो संसद भवननजिक ड्युटीमा रहेकी प्रहरी कर्मचारीले जथाभावी सडक पार नगर्न र आकाशे पुल प्रयोग गर्न आग्रह गरेपछि विवाद भएको प्रहरीले जनाएको छ। विवादकै क्रममा ती युवकले प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोप छ।

विज्ञापन
khoj2

पक्राउ पर्नेमा जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायत रहेका छन्। घटनापछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो।

सडक सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले पैदलयात्रीलाई तोकिएको स्थानबाट सडक पार गर्न र उपलब्ध आकाशे पुल प्रयोग गर्न आग्रह गर्दै आएको छ। नयाँ बानेश्वरमा पनि सोही अभियानका क्रममा प्रहरी कर्मचारी र कठायतबीच विवाद भएको बताइएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको थियो। भिडियोमा देखिएको विवादबारे विभिन्न प्रतिक्रिया आइरहेका बेला प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।