गोरखामा गृहमन्त्री सुधन गुरुङको निजी सचिवालय उद्घाटन
गृहमन्त्री सुधन गुरुङले गोरखा सदरमुकाममा आफ्नो निजी सचिवालय स्थापना गर्नुभएको छ। स्थानीय मतदाताका समस्या र गुनासा सुन्ने उद्देश्यले खोलिएको सचिवालयको उहाँले उद्घाटन गर्नुभएको हो।
गुरुङका अनुसार मतदाताले आफ्ना समस्या तथा गुनासा सचिवालयमार्फत राख्न सक्नेछन्। नागरिकसँगको सम्पर्कलाई सहज बनाउने उद्देश्यले सदरमुकाममै सचिवालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।
सचिवालय स्थापनासँगै स्थानीय नागरिकलाई आफ्ना समस्या र सरोकारका विषय सम्बन्धित प्रतिनिधिसमक्ष पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

