सुनसरीमा माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सुनसरीमा माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ मा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ७:३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि सप्तकोशी न्युरो अस्पताल लगिएको छ।

विज्ञापन
khoj2

दुर्घटनामा सप्तरीको कञ्चनपुर नगरपालिका–११ का माइक्रोबस चालक ३२ वर्षीय आर्यन पोखरेल घाइते भएका छन्। सोही ठाउँका ७० वर्षीय दनसलाल चौधरी, २१ वर्षीया माया भुजेल, ६० वर्षीय असरफि खङ र ३० वर्षीया सुनिता खङ पनि घाइते भएका छन्।

यस्तै, कञ्चनपुर नगरपालिका–१ का ४३ वर्षीय गोबिन्द गुप्ता र ४७ वर्षीया राधा नेपाल तथा वडा नम्बर १२ का ५१ वर्षीय बलराम पौडेल घाइते भएका छन्। वडा नम्बर ६ की ३० वर्षीया पुजा चौधरी र ४० वर्षीय देवाकान्त चौधरी पनि दुर्घटनामा परेका छन्।

फतेपुर नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल र २१ वर्षीया उशा भुजेलसमेत घाइते भएको विवरणमा उल्लेख छ।

घाइतेमध्ये बलराम पौडेल उपचारपछि बिहान ९:३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन्। अन्य घाइतेको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ।

माइक्रोबस कसरी अनियन्त्रित भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।