इटहरीमा एम्बुलेन्सभित्र ४५० किलो गाँजा बरामद

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
इटहरीमा एम्बुलेन्सभित्र ४५० किलो गाँजा बरामद

सुनसरीको इटहरीमा बेवारिसे अवस्थामा भेटिएको एम्बुलेन्सभित्र ठूलो परिमाणमा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको छ। प्रहरीले एम्बुलेन्सबाट करिब ४५० किलो उक्त पदार्थ बरामद गरी अनुसन्धान अघि बढाएको छ।

घटना इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा पानीपिया जंगल क्षेत्रको हो। मिति २०८३ असोज ६ गते राति करिब ११ः१५ बजे प्रहरी चौकी तरहराबाट खटिएको टोलीले कोशी लोकमार्गअन्तर्गत ४ नम्बर ट्याङ्की क्षेत्रमा बा २ च ९५७३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला पारेको थियो।

विज्ञापन
khoj2

एम्बुलेन्समा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको थियो। शंकास्पद अवस्थामा रहेको गाडी जाँच गर्दा भित्र प्लास्टिकका पोकामा प्याक गरेर राखिएको गाँजाजस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ।

बरामद पदार्थको तौल करिब ४५० किलो रहेको छ। प्रहरीले उक्त पदार्थसँगै एम्बुलेन्ससमेत नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएको एम्बुलेन्स र बरामद पदार्थ इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको छ। यति ठूलो परिमाणको गाँजा कसले, कहाँबाट र कुन प्रयोजनका लागि एम्बुलेन्समा राखेको थियो भन्ने विषय भने खुलिसकेको छैन।

एम्बुलेन्स बेवारिसे अवस्थामा छाडेर गएको व्यक्ति वा समूहको पहिचान तथा घटनामा संलग्न व्यक्तिको खोजीसमेत अनुसन्धानकै क्रममा रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।