संसदमा ध्रुवराज राईको सांकेतिक प्रश्न– ‘कुरा त्यही हजुर, धन्यवाद’

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
संसदमा ध्रुवराज राईको सांकेतिक प्रश्न– ‘कुरा त्यही हजुर, धन्यवाद’

सरकारसँग पटक–पटक उठाइएका प्रश्नको जवाफ नआएको भन्दै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधिसभामा यसपटक फरक शैली अपनाएका छन्। बिहीबार बैठक सुरु हुनासाथ उठेर समय मागेका उनले लामो सम्बोधन गरेनन्। बरु केही शब्दमै आफ्नो असन्तुष्टि संकेत गरेर आसनमा फर्किए।

सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिएपछि राईले भने, ‘सम्माननीय सभामुख महोदय, कुरा त्यही हजुर, धन्यवाद।’

विज्ञापन
khoj2

उनको छोटो अभिव्यक्तिपछि सदनमा हाँसो सुनिएको थियो। सभामुख अर्यालसमेत मुस्कुराए। त्यसपछि बैठक शून्य समयतर्फ अघि बढ्यो।

तर राईको अभिव्यक्ति केवल सदनमा हाँसो ल्याउने प्रसंगमा सीमित थिएन। यसअघि उठाइएका विषयमा सरकारबाट जवाफ नआएको भन्दै उनले उही कुरा फेरि विस्तारमा दोहोर्‍याउनुको साटो सांकेतिक रूपमा असन्तुष्टि जनाएका हुन्।