हर्कको झटारो– ‘रास्वपा सरकार टोटली फेल हुन लाग्यो’

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
हर्कको झटारो– ‘रास्वपा सरकार टोटली फेल हुन लाग्यो’

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सार्वजनिक असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको कार्यसम्पादनमाथि सीधा प्रश्न उठाएका हुन्।

साम्पाङले आफ्नो फेसबुक पोस्टमा ‘रास्वपा सरकार पूर्ण रूपमा असफल हुन लाग्यो’ भन्ने आशय व्यक्त गरेका छन्।

विज्ञापन
khoj2

छोटो तर स्पष्ट उक्त टिप्पणीमार्फत उनले सरकारप्रतिको असन्तोष सार्वजनिक गरेका छन्। उनको अभिव्यक्तिले सरकारको कामकारबाही र राजनीतिक नेतृत्वको प्रभावकारितामाथि बहस बढाउने देखिएको छ।

यद्यपि साम्पाङले उक्त पोस्टमा सरकार असफल हुँदै गएको निष्कर्षमा पुग्नुको विस्तृत कारण भने खुलाएका छैनन्। उनले कुन निर्णय, नीति वा सरकारी कामप्रति लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् भन्नेबारे पोस्टमा थप विवरण उल्लेख छैन।