रसुवा बाढी अपडेट: गृहमन्त्रीको निर्देशनमा थप सुरक्षा टोली परिचालन

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
रसुवा बाढी अपडेट: गृहमन्त्रीको निर्देशनमा थप सुरक्षा टोली परिचालन

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा क्षेत्रमा खोज, उद्धार र राहतको कामलाई तीव्र बनाउन सरकारले थप सुरक्षा टोली तथा उद्धार सामग्री परिचालन गरेको छ। प्रभावित क्षेत्रमा तत्काल आवश्यक जनशक्ति र सामग्री पुर्‍याउँदै उद्धार कार्यलाई प्रभावकारी बनाउने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोली खटाइएको हो।

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परिचालन हुन लागेका तीनवटै सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत कार्यबारे आवश्यक निर्देशन दिनुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न र राहत कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन निर्देशन दिनुभयो।

विज्ञापन
khoj2

बाढीपछिको परिस्थितिमा सुरक्षा निकायबीचको समन्वय कमजोर हुन नदिन र उपलब्ध स्रोत–साधनको प्रभावकारी प्रयोग गर्नुपर्नेमा गृहमन्त्री गुरुङले विशेष जोड दिनुभएको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार तत्काल जनशक्ति परिचालन गर्दै खोजी, उद्धार र राहतका कामलाई गति दिन उहाँले सुरक्षा निकायलाई आग्रह गर्नुभएको हो।

सरकारले पठाएको टोलीसँग थप उद्धार सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ। बाढीका कारण प्रभावित नागरिकसम्म राहत पुर्‍याउने तथा आवश्यक खोजी र उद्धार कार्यलाई निरन्तरता दिने गरी सुरक्षा निकाय परिचालन गरिएको छ।