गृहमन्त्री नेपाल

गोरखामा गृहमन्त्री सुधन गुरुङको निजी सचिवालय उद्घाटन

गृहमन्त्री सुधन गुरुङले गोरखा सदरमुकाममा आफ्नो निजी सचिवालय स्थापना गर्नुभएको छ। स्थानीय मतदाताका समस्या र गुनासा सुन्ने उद्देश्यले खोलिएको सचिवालयको उहाँले उद्घाटन गर्नुभएको हो। गुरुङका अनुसार मतदाताले आफ्ना समस्या तथा गुनासा सचिवालयमार्फत राख्न सक्नेछन्। नागरिकसँगको सम्पर्कलाई सहज बनाउने उद्देश्यले सदरमुकाममै सचिवालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। सचिवालय स्थापनासँगै स्थानीय नागरिकलाई आफ्ना समस्या र सरोकारका विषय सम्बन्धित […]

जनताका लागि राज्य भएको आभास दिलाउँदै गृहमन्त्री सुदन गुरुङ

सरकार गठन हुँदा गृहमन्त्री सुदन गुरुङको नियुक्तिमाथि प्रश्न उठाउनेहरूको संख्या सानो थिएन। सामाजिक सञ्जालमा उनको अनुभव, क्षमता र मन्त्रालय सम्हाल्ने योग्यतालाई लिएर तीखा टिप्पणी भए। नयाँ सरकारले सुरुमै गलत पात्र रोजेको निष्कर्षसमेत निकालियो। सरकार बनेको करिब चार महिना पुग्न लाग्दा भने गुरुङ फरक भूमिकामा देखिएका छन्। पछिल्ला दुई संवेदनशील घटनामा उनको प्रत्यक्ष उपस्थितिले कम्तीमा एउटा […]