एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको खबर सार्वजनिक भएपछि एमाले सचिव महेश बस्नेतले त्यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने बताएका छन्। फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तात्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा आफूलाई निम्तो नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपाको पाँचौँ स्थापना दिवस तथा प्रथम महाधिवेशन सुरु भएको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले पार्टी स्थापनादेखिको संघर्षपूर्ण यात्राको स्मरण गरेका छन्। ‘ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनमा औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एउटै मञ्चमा उपस्थित भएका छन्। महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेस सभापति थापा चितवन पुगेका हुन्। यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य संयन्त्रमा रहेका निकाय र व्यक्तिलाई संयमित हुन आग्रह गरेका छन्। समय र परिस्थिति सधैं एउटै नहुने भन्दै उनले अहिलेको अवस्थालाई स्थायी ठान्न नहुने बताएका हुन्। काठमाडौँमा बुधबारदेखि सुरु भएको एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले राजनीतिक […]
नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चर्किएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शाहको भनाइलाई गम्भीर, गलत र राष्ट्रविरोधी भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको “नेपालले समेत भारतका जग्गा मिचेको” भन्ने अभिव्यक्तिलाई खतरनाक टिप्पणीको संज्ञा […]